रिपोर्ट गर्नुहोस्

नमस्कार, IWF Nepal रिपोर्टिङ पोर्टलमा स्वागत छ

बाल यौन दुर्व्यवहारका फोटो तथा भिडियोहरू हेर्दा दुःख लाग्छ भन्ने कुरा हामीलाई थाहा छ । त्यस्ता कुराबारे हामीलाई रिपोर्ट गरेर तपाईँ सही काम गर्दै हुनुहुन्छ भन्ने जानकारी दिन चाहन्छौँ ।

तपाईँको रिपोर्टले सानो उमेरका पीडितलाई थप दुर्व्यवहार हुनबाट जोगाउन सक्दछ ।

रिपोर्ट गर्ने काम छिटो र सजिलो छ, र तपाईँले पूर्ण रूपमा आफ्नो परिचय नखुलाईकनै रिपोर्ट गर्न सक्नुहुन्छ । तर तपाईँ भविष्यमा आफ्नो रिपोर्ट सम्बन्धमा के भयो भन्ने जान्न चाहनुहुन्छ भने तपाईँलाई सम्पर्क गर्नका लागि हामीलाई तपाईँको ई–मेल आवश्यक हुन्छ ।

कृपया ध्यान दिनुहोस्: तपाईँ जोखिममा परेका कोही बालक वा बालिकाबारे जानकारी दिन चाहनुहुन्छ वा अनलाइन फोटो वा बाल यौन दुर्व्यवहार सम्बन्धी भिडियो बाहेक अन्य कुनै कुराबारे रिपोर्ट गर्न चाहनुहुन्छ भने कृपया स्थानीय प्रहरी वा बाल संरक्षण संस्थालाई सम्पर्क गर्नुहोला ।

हाम्रो कुकी नीतिबारे थाहा पाउनुहोस् ।