तपाईं के रिपोर्ट गर्न चाहनुहुन्छ ?

यो के हो ?

विश्वका कुनै पनि स्थानबाट राखिएका बाल यौन दुव्र्यवहारसम्बन्धी तस्बिरबारे हामी जानकारी लिन्छौँ । यसमा कामुकता प्रदर्शन गर्ने, बालक÷बालिकाले हस्तमैथुन गरिरहेको, बालबालिका वा बालबालिका तथा वयस्क व्यक्ति दुवै संलग्न सबै किसिमका यौन क्रियाकलाप, जनावरसँगको यौन सम्बन्ध वा परपीडक यौन क्रियाकलापसम्बन्धी तस्किरहरू पर्दछन् ।

यसले कामुकता प्रदर्शन गर्ने, बालबालिकाद्वारा गराइएका हस्तमैथुन, बालबालिका बीच वा बालबालिका तथा वयस्क दुबै संलग्न यौन क्रियाकलापस वा जनावरको वा द्वारा गरिएको वा पर पीडक यौनजन्य छवि समावेश छ ।

सम्बन्धित कानुनहरूका विस्तृत विवरण ।

  • हामी तपाईँका रिपोर्ट कसरी मूल्याङ्कन गछौँ भन्नेबारे विस्तृत जानकारी यहाँ (लिङ्क: पाउन सक्नुहुन्छ। )

तपाईंले विषयसूची कहाँ देख्नुभयो?

वेबसाइटबारे विस्तृत विवरणहरू

वेबसाइट अनुसन्धान गर्नको लागि हामीलाई वेबसाइटको पूर्ण ठेगाना (URL) आवश्यक हुन्छ, उदाहरणको लागि http://www.iwf.org.uk/what-we-do, www.iwf.org.uk/what-we-do वा iwf.org.uk/what-we-do। तपाईंले यसलाई पृष्ठको माथिको ब्राउजरमा फेला पार्न सक्नुहुन्छ ।

तपाईंसँग हामीलाई मद्दत गर्न सक्छ भन्ने जस्तो लागेको, जस्तै ठूला वेबसाइटमा तपाईंले रिपोर्ट गर्ने विषयसूची कहाँ छ भन्ने विवरण वा पहुँचको लागि आवश्यक हुने प्रयोगकर्ताको नाम तथा पासवर्ड कुनै पनि जानकारी छ भने, कृपया यसलाई विवरण बाकसमा समावेश गर्नुहोस् ।

अर्को वेबसाइटको बारेमा रिपोर्ट गर्न आवश्यक भएमा, कृपया छुट्टै रिपोर्ट बनाउनुहोस् । एउटा रिपोर्टमा एउटा मात्र वेबसाइटको अनुसन्धान गरिने भएकोले कृपया विवरण बाकसमा लिङ्कहरू नराख्नुहोस् ।

धन्यवाद ।

इमेल विवरणहरू

तल सूचीबद्ध स्प्याम इमेलहरू हामीलाई पहिल्यै रिपोर्ट गरिएको छ त्यसैले यसलाई फेरि रिपोर्ट गर्न आवश्यक छैन - आफ्नो इन्बक्सबाट तिनीहरूलाई मात्रै मेटाउनुहोस् र यो रिपोर्ट सम्पन्न गर्न आफ्नो ब्राउजरको विन्डो बन्द गर्नुहोस् ।

  • Porno with 3 **
  • Here you can download the ** and... ** **
  • Here you can download the **** lorem
  • ** **, and real **** on the streets
  • Download the ** and** **!!! and real ****
  • Porno with **, Here you can download the ** and...
  • Here you can download the **** lorem ** **, and real

तपाईंले रिपोर्ट गर्न चाहनुभएको इमेल माथि सूचीबद्ध छैन भने, कृपया अर्को चरणमा जानुहोस् ।

इमेल विवरणहरू

स्प्याम इमेल रिपोर्ट गर्नको लागि, हामीलाई इमेलमा समावेश गरिएको लिङ्क / वेब ठेगाना आवश्यक पर्छ ।

वेब ठेगाना निम्न जस्तो हुन्छ: http://www.iwf.org.uk वा www.iwf.org.uk.

वेबसाइट ठेगाना पत्ता लगाउन मद्दत आवश्यक भएमा सुझाब लिनुहोस् वा आफ्नो इमेल प्रदायकमा भएको मद्दत सुविधा प्रयोग गर्नुहोस्।

यो कसरी गर्ने भनी जानकारी चाहिएमा कृपया [email protected] मा इमेल पठाउनुहोस् ।

युजनेट वा समाचार समूहहरू (न्यूजग्रुपहरु) बारे विस्तृत विवरणहरु

समाचार समूहहरू (न्यूजग्रुपहरु) विशेष शीर्षकहरूमा छलफल गर्न प्रयोग गरिने बुलेटिन-बोर्ड शैलीका फोरम हुन् । समाचार समूहहरू युजनेट सेवा मार्फत प्रयोग गरिन्छ र हाल विश्व-व्यापी वेबमा (world wide web) इन्टरनेट फोरम अत्यधिक प्रयोग गरिन्छ । यद्यपि, केही समाचार समूहहरू प्रयोगमा रहेका छन् र तिनमा फोटो र भिडियो पनि हुन्छन् ।

समाचार समूहमा फोटो वा भिडियो बारे रिपोर्ट गर्दा वा पोस्ट गर्दा कृपया सकेसम्मका सान्दर्भिक विवरणहरू समावेश गर्नुहोस्, उदाहरणको लागि:

  • समूहको नाम - alt.binaries.example.example
  • पोस्ट गर्ने लेखक - [email protected]:
  • पोस्टको विषय (शीर्षक) - फोटो र भिडियोहरूको सङ्कलन::
  • लेख - [email protected]:
  • मिति - 01/01/2013:
  • समाचार (न्यूजफीड) प्रदायक - examplefeed:

कृपया यस विवरण बाकसमा तपाईंलाई सान्दर्भिक लाग्ने अन्य कुनै जानकारी थप्नुहोस् ।

सार्वजनिक रूपमा उपलब्ध नभएको वेबसाइटसँग तपाईंको रिपोर्ट सम्बन्धित छ भने, हामी कार्यवाही गर्न असक्षम हुनेछौं। तर प्रहरीले यसमा मद्दत गर्न सक्दछ ।

तपाईंको रिपोर्ट निम्न समस्या मध्य कुनै पनिसँग सम्बन्धित छ भने, तपाईंले आफ्नो स्थानीय प्रहरी वा बाल सुरक्षा संस्थालाई सम्पर्क गर्नुपर्छ।

  1. बालबालिका दुर्व्यवहारबाट पीडित भएको छ भनी तपाईंलाई शंका लागेको छ
  2. मोबाइल, फोन, ट्याब्लेट वा कम्प्युटर जस्ता ‍व्यक्तिगत उपकरनहरुमा भण्डार गरिएका फोटो वा भिडियो
  3. च्याट साइटमा लिखित मात्रै कुराकानी छन् र कुनै फोटो वा भिडियो छैनन्
  4. साथी-साथी बीच फाइल आदान प्रदान गरिने वा टोरेन्ट सेवाहरू

 

अज्ञात रहन चाहनुहुन्छ?

हामी तपाईंको सम्पर्क जानकारीलाई कडाइका साथ गोप्य राख्नेछौं ।

तपाईं पूर्ण रूपमा अज्ञात रहन चाहनुहुन्छ भने, तपाईं अज्ञात रहन सक्नुहुन्छ ।

तर यदि तपाईंको रिपोर्टको बारेमा के भयो भनी थाहा पाउन चाहनुहुन्छ भने हामीलाई तपाईंको इमेल ठेगाना आवश्यक हुन्छ जसकारण हामी तपाईंलाई तपाईंको अलग रिफरेन्स नम्बरसँग प्रमाणीकरण इमेल पठाउन सक्छौं।

यदि हामीलाई तपाईंबाट थप जानकारी आवश्यक पर्‍यो भने यस तरिकाले तपाई हामीलाई आफ्नो रिपोर्ट बारे थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुन्छ र हामी तपाईंलाई सम्पर्क गर्न सक्छौं ।

तपाईंको विस्तृत विवरणहरू

  • हामी तपाईंलाई थप जानकारीको लागि सम्पर्क गर्न आवश्यक भएको मामिलामा तपाईंले आफ्नो विवरणहरू पेश गर्नु भयो भने त्यसलाई 3 महिनाको लागि IWF डाटाबेसमा रेकर्ड गरिनेछ ।
  • त्यसपछि डाटा ससुरक्षा ऐन अनुसार त्यसलाई मेटाउनेछन् ।
  • सुनिश्चित रहनुहोस, तपाईंको लिखित अनुमति बिना तपाईंका व्यक्तिगत विवरणहरू तेस्रो पक्षलाई खुलासा गरिने छैन। यद्यपि, केही अति आवश्यक परिस्थितिहरूमा प्रहरी वा अन्य अन्तराष्ट्रिय कानुन पालन गराउने संस्थाहरुलाई अनुसन्धानमा सहायता गर्नको लागि ती विवरणहरू दिन आवश्यक हुनसक्छ। त्यसो गरिएन भने बालबालिका वा अन्य व्यक्ति(हरू) लाई सम्भावित रूपमा गम्भीर हानीको तत्काल जोखिम निम्त्याउन सक्दछ । त्यस्ता अवस्थामा बाल यौन दुर्व्यवहार सामग्री फैलिनबाट रोक्ने उद्देश्यको लागि सार्वजनिक हित वा वैधानिक हितको लागि ती विवरणहरू खुलासा गर्न आवश्यक हुन सक्दछ ।

तपाईँको रिपोर्ट माथिका कुनै पनि कुरासँग सम्बन्धित छैन भने स्थानीय प्रहरीलाई सम्पर्क गर्नुहोस् ।